परिचय

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित गरिने छैन भन्ने मान्यतानुसार समाजमा सामाजिक वा आर्थिक दृष्टिले पिछडिएका शिक्षा‚ स्वास्थ्य र रोजगारीको मूलधारबाट पछाडि परेकाहरुको लागी आकस्मिक स्वास्थ्य सेवामा पहुँच पुर्याउदै विशेष सामाजिक सुरक्षा तथा स्वास्थ्य सेवा सहज‚ सरल र निशुल्क प्रदान गर्न वाञ्छनिय भएकोले जनस्वास्थ्य सेवा ऐन‚ २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा सामाजिक सेवा एकाईको स्थापना गरेको छ।

सामाजिक सेवा एकाई भन्नाले लक्षित समूहका बिरामीहरुलाई स्वास्थ्य सेवामा समतामूलक पहुँच एंव उपयोग अभिबृद्धि गर्ने‚ निशुल्क तथा आंशिक छुटमा नियमित तथा विशेषज्ञ सेवाहरु उपलब्ध गराउने‚ स्वास्थ्य बिमा‚ विपन्न नागरिक उपचार कोष‚ जेरियाट्रिक‚ नवजात शिशु स्वास्थ्य‚ मानसिक स्वास्थ्य‚ गरिब तथा विपन्न वगृका लागी निशुल्क आकस्मिक सेवा लगायत सबै स्वास्थ्य सुरक्षा कार्यक्रमहरुको संयोजन एंव सहजीकरण गर्ने उद्देश्यले केन्द्रिय‚ संघीय‚ प्रादेशिक‚ जिल्ला सामुदायिक‚ निजी तथा शिक्षण अस्पतालहरुमा स्थापित एकाईहरुलाई सम्झनु पर्दछ । लक्षित समूहका बिरामीहरुलाई एकाई माफर्त दिइने सेवामा निशुल्क वा छुट दिने सन्दर्भमा केन्द्रिय‚ संघीय र प्रादेशिक अस्पतालको हकमा बहिरंङ्ग र इमरजेन्सीमा बढीमा रु. ५०००।- सम्मको‚ जिल्ला अस्पतालको हकमा बहिरंङ्ग र इमरजेन्सीमा रु. २५००।- सम्मको औषधी र अन्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउन सक्नेछ । त्यसैगरी अन्तरङ्गका बिरामीहरुलाई केन्द्रिय‚ संघीय र प्रादेशिक अस्पतालको हकमा बढीमा रु. १०‚०००।- सम्मको र जिल्ला अस्पतालको हकमा बढीमा रु. ५०००।- सम्मको औषधी र अन्य उपचार सेवामा छुट सुविधा उपलब्ध गराउन एकाई प्रमुखलाई जिम्मेवारी दिने ।

सामाजिक सेवा एकाईबाट सेवा पाउने लक्षित समुहहरु

क) गरिब

ख) असहाय

ग) अपाङ्गता भएका व्यक्ति ( परिचय पत्र बाहक रातो र निलो)

घ) जेष्ठ नागरिक ( परिचाय पत्र बाहक )

ङ) लैङ्गिक हिंसा पिडित ( बाल बालिका समेत)

च) गरिब तथा विपन्न आकस्मिक बिरामी

छ) विपद एंव प्राकृतिक प्रकोप(महामारी‚ भूकम्प‚ बाढी‚ पहिरो‚ आगलागी आदी) बाट पिडित

ज) सिमान्तकृत तथा लोपोन्मुख आदिवासी‚ जनजाती

झ) महिला स्वास्थ्य स्वयंसेविका ( परिचाय पत्र बाहक )

ञ) कुपोषित बाल बालिका

ट) प्रहरीले ल्याएका थुनुवा बिरामी

ठ) शहीद परिवार ( परिचाय पत्र बाहक )

null

Email: bharatkhati61@gmail.com

Contact:9848414264